Loktantra Khabar National Weekly
Ad

कञ्चनपुरमा एक जना पूर्वशिक्षकको हत्या

लोकतन्त्र खबर
३ जेष्ठ २०८१

धनगढी जेठ ३ , कञ्चनपुरमा पूर्वशिक्षकको हत्या भएको छ ।

जिल्लाको बेलौरी नगरपालिका-६ को विद्यानगरका पूर्वशिक्षक लछी चन्दको ढुंगा प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।

उनको हत्या अभियोगमा बेलौरीकै ३५ वर्षीय महेश भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डीएसपी) उमेश जोशीले जानकारी दिए ।

उनकाअनुसार मादक पदार्थ सेवनका क्रममा विवाद भएपछि भण्डारीले ढुंगा प्रहार गरी चन्दको हत्या गरेको खुलेको छ ।

भण्डारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: