Loktantra Khabar National Weekly
Ad

धमाधम बलिउड फिल्म खेल्दै जुनियर एनटिआर

लोकतन्त्र खबर
३१ बैशाख २०८१

एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ पछि तेलुगु अभिनेता जुनियर एनटिआरको चर्चा चुलिएको छ।

उनीसँग दक्षिण भारतीय फिल्म मात्र नभई हिन्दी फिल्मको पनि लाइनअप लामो छ। उनी दक्षिण भारतीय फिल्म ‘देवरा पार्ट १’ मा देखिँदैछन्। त्यस्तै उनी स्पाई युनिभर्सको फिल्म ‘वार २’ ऋतिक रोशनसँग देखिनेछन्।

दुई फिल्म क्षेत्रमा काम गरिरहेका जुनियर एनटिआरले आफ्नो काम सम्हाल्नको लागि एक एजेन्सीलाई जिम्मेवारी सुम्पिएका छन्। उक्त एजेन्सीले उनको विज्ञापनको काम पनि सम्हाल्छ।

भारतीय सञ्चारमाध्यम टिभी ९ का अनुसार जुनियर एनटिआर हिन्दी फिल्ममा आफ्नो करियर अगाडि बढाउन चाहन्छन्। ‘वार २’ उनको पहिलो हिन्दी फिलम हो। यस फिल्मपछि उनी ठूलो बजेटको हिन्दी फिल्ममा अनुबन्धित भएका छन्।

२०० करोड भारूमा बन्ने फिल्मलाई अयान मुखर्जीले निर्देशन गर्नेछन्। यस फिल्ममा जुनियर एनटिआरसँगै ऋतिक रोशनको पनि मुख्य भूमिका रहनेछ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: