Loktantra Khabar National Weekly
Ad

सहकारीको ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ

लोकतन्त्र खबर
३० बैशाख २०८१

जनकपुरधाम  वैशाख ३०, जनकपुरधामबाट सहकारी कर्मचारीको साथमा भएको ८० लाख रुपैयाँ लुटेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

लुटमा संलग्न देखिएको भन्दै जनक महतो र श्रवण कापरलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको हो ।

उनीहरूबाट केही रकम प्रहरीले बरामद समेत गरेको जनाएको छ ।

वैशाख ४ गते धनुषाको सबैला १२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम १९ मा पेस्तोल देखाएर ८० लाख लुटेका थिए ।

प्रहरीले पक्राउ परेका दुवै जनालाई केही बेरमा सार्वजनिक गर्ने जनाएको छ ।अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: