
धनगढीमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँका २१ वर्षीय समीर रानाकाे मृत्यु भएको प्रहरीले जनाएको हाे।
शनिबार धनगढी-१५ कनरीमा से १ त ९७५४ नम्बरको ट्याक्टरको पछाडिको टायर पड्किँदा पल्टिएको थियो। ट्याक्टर पल्टिँदा उनी गम्भीर घाइते भएका थिए।
उनको उपचारको क्रममा निसर्ग अस्पताल धनगढीमा मृत्यु भएको हो।
घटना पछि ट्याक्टर र चालक घोडाघोडी नगरपालिका—१० का २२ वर्षीय अविशेक चौधरी प्रहरीको नियन्त्रणमा छन्।
चालकमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको हाे। सेतोपाटी
प्रतिक्रिया दिनुहोस्: