Loktantra Khabar National Weekly
Ad

दिल्लीका मुख्यमन्त्री केजरीवाल अन्तरिम जमानतमा रिहा, चुनाव प्रचार गर्न पाउने

लोकतन्त्र खबर
२८ बैशाख २०८१

काठमाडौं  वैशाख २८, भ्रष्टाचार आरोपमा पक्राउ परेका नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

उनलाई आगामी जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्र्वोच्च अदालतले आदेश दिएको हो । साथै उनलाई जुन २ तारिखमा फेरि अदालतमै हाजिर हुन भनिएको छ ।

भारतमा लोक सभाको चुनाव एक तारिखमा सकिन्छ । त्यही चुनावको प्रचारमा सहभागी हुन उनलाई अदालतले अनुमति दिएको हो । सातचरणको चुनावमध्ये तीन चरणको चुनाव सकिइसकेको छ । नयाँ दिल्लीमा २५ मा चुनाव छ ।

मदिरा सम्बन्धी नीतिगत निर्णयमा अनियमितता गरेको आरोपमा आप पार्टीका नेता केजरीवाल ४० दिनदेखि तिहाड जिलमा बन्द छन् । उनी आज साँझसम्म जेल मुक्त हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: