Loktantra Khabar National Weekly
Ad

बालमन्दिर जग्गा प्रकरणमा सिआइबीले थाल्यो अनुसन्धान

लोकतन्त्र खबर
२७ बैशाख २०८१

काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेको छ।

प्रवक्ता एसपी होवीन्द्र बोगटीका अनुसार बाल मन्दिरको जग्गाका विषयमा सिआइबीले यसअघि नै अनुसन्धान गरिरहेको थियो।

यसबारे बिहीबार जाहेरी परेको उनले बताए।

यसमा अन्य कागजातहरू समेत प्राप्त हुने क्रममा रहेको उनको भनाइ छ।

‘यसमा हामीले पहिलेदेखि नै काम गरिरहेकै थियौं। जाहेरी, पत्रहरू पनि आउने नै भयो,’ उनले भने, ‘अनुसन्धान जारी छ।’

बालमन्दिरको जग्गा दुरूपयोग भएको भन्दै उजुरी परेको थियो। केही जग्गा बृहस्पति विद्या सदनलाई सस्तोमा लिजमा दिइएको पनि उजुरी छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: