Loktantra Khabar National Weekly
Ad

यो हो मनिषा कोइरालाको महँगो बजेटको सुपरफ्लप फिल्म

लोकतन्त्र खबर
२६ बैशाख २०८१

अभिनेत्री मनिषा कोइराला यतिबेला निकै चर्चामा छिन्। सञ्जयलीला भन्सालीको वेब सिरिज ‘हिरामन्डी: द डायमन्ड बजार’ नेटफ्लिक्समा रिलिज भएपछि उनी चर्चामा आएकी हुन्।

सिरिजमा उनले मल्लिका जानको भूमिका निर्वाह गरेकी थिइन्। उनले आफ्नो फिल्मी करियरमा थुप्रै दमदार फिल्ममा काम गरेकी छन्। तर उनले एक यस्तो फिल्ममा काम गरेकी थिइन्। जुन महँगो बजेटको हुँदा पनि सुपरफ्लप भयो।

मनिषाको यो फिल्म करिब १९ वर्षअघि प्रदर्शन भएको थियो। फिल्मको नाम थियो ‘ताजमहल- एन इटरनल लभ स्टोरी’।

यो फिल्म रिलिजअघि निकै चर्चामा थियो। फिल्ममा मुगल बादशाह शाहजहां र उनकी श्रीमती मुमताजको प्रेम कहानीमा आधारित थियो। फिल्मको लागि मनिषाको अभिनयको खुब तारिफ भयो।

फिल्ममा मनिषासँगै कबीर बेदी, जुल्फी सैयद, मिलिंद गुनाजी, पूजा बत्रा, अरबाज खान, किम शर्मालगायत कलाकारको अभिनय छ। सन् २००५ मा फिल्म करिब ५० करोड भारूमा बनेको थियो। तर फिल्मले भारतीय बक्स अफिसमा १ करोड ४७ लाख भारू र विश्वभरबाट ३ करोड १० लाख भारू कमाएको थियो। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: