Loktantra Khabar National Weekly
Ad

काठमाडौंको गौरीघाटमा आगलागी

लोकतन्त्र खबर
२६ बैशाख २०८१

काठमाडौंको गौरीघाटमा आगलागी भएको छ।

बिहान करिब साढे ४ बजेबाट‍ सुरू भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आएको छैन।

त्यहाँ रहेको एक टेन्ट हाउसमा आगलागी भएको प्रहरी वृत्त गौशालाले जनाएको छ।

टेन्ट हाउस नजिक रहेका केही घरहरूमा पनि आगलागीबाट क्षति पुगेको वृत्तले जनाएको छ।

‘५/६ वटा दमकल आएर निभाउने प्रयास भइरहेको छ, क्षति र कारणबारे पछि खुल्ला,’ वृत्तका एक प्रहरीले भने।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: