Loktantra Khabar National Weekly
Ad

करीना, तब्बू र कृतिको फिल्म ‘क्रूू’ को सिक्वेल बन्ने

लोकतन्त्र खबर
२३ बैशाख २०८१

बलिउड अभिनेत्री करीना कपूर, तब्बू र कृति सेनन अभिनीत फिल्म ‘क्रू’ सुपरहिट भयो।

यो फिल्म बक्स अफिसमा सफल भएसँगै दोस्रो पार्ट बन्ने भएको छ। यसको पुष्टी अभिनेत्री करीना कपूरले गरेकी हुन्।

‘मेरो अनुसार यो फिल्म सिक्वेल बन्नुपर्छ। यस फिल्मले महिलालाई आफ्नो अधिकारको लागि लड्न सिकाएको छ। यस फिल्मले महिलामा आत्मविश्ववास बढाएको छ र सबैलाई मनोरन्जन दिएको छ। यसको दोस्रो पार्टबारेमा कुराकानी भइरहेको छ,’ उनले भनिन्।

करीना रोहित शेट्टी निर्देशित फिल्म ‘सिंघम अगेन’ मा देखिँदैछिन्। यस फिल्ममा अजय देवगन, अक्षय कुमार, टाइगर श्राफ रणवीर सिंहको अभिनय रहनेछ।

यो फिल्मबाहेक करीना ‘वीरे दी वेडिङ’ को सिक्वेलमा देखिनेछिन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: