Loktantra Khabar National Weekly
Ad

एकै फिल्ममा देखिँदै शाहरूख, सलमान र आमिर?

लोकतन्त्र खबर
१९ बैशाख २०८१

गतवर्ष बलिउड अभिनेता शाहरूख खान र सलमान खान दुई फिल्ममा एकसाथ देखिएका थिए।

शाहरूखको फिल्म ‘पठान’ मा सलमानले केमियो भूमिका निर्वाह गरेका थिए भने सलमानको फिल्म ‘टाइगर ३’ मा शाहरूखले। दुवैलाई एकसाथ पर्दामा हेरेर दर्शक निकै खुशी भएका थिए। दर्शकको प्रतिक्रिया थियो- तीन खान एकसाथ पर्दामा देखिए के होला?

हालै आमिर खान ‘द ग्रेट इन्डियन कपिल शो’ मा पुगेका थिए। यसै क्रममा दर्शकले तीन खानलाई एकसाथ फिल्ममा हेर्न चाहेको बताए। जबाफमा आमिरले भने, ‘तपाई र मेरो सोच एकदम मिल्यो। फिल्म क्षेत्रमा लामो करियरलाई हेर्दा हामीले संयुक्त प्रोजेक्टमा काम गर्नपर्छ जस्तो लाग्छ।’

केही समयअघि तीन खान भारतका धनाढ्यमध्ये एक मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि-वेडिङमा एकै स्टेजमा देखिएका थिए। उनीहरूले फिल्म ‘आरआरआर’ को गीत ‘नाटु नाटु’ मा डान्स गरेका थिए। जुन भिडिओले सामाजिक सञ्जालमा निकै चर्चा पाएको थियो। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: