Loktantra Khabar National Weekly
Ad

दम्पती हत्या आरोपमा दुईजना पक्राउ

लोकतन्त्र खबर
१८ बैशाख २०८१

पर्वतको  जलजला गाउँपालिका-२ मा  दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मंगलबार कृष्ण विक र दिपक परियारलाई पक्राउ गरेको हो।

कृष्णलाई म्याग्दी र दिपकलाई कास्कीबाट पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए।

‘उनीहरूले लुटपाटका लागि दम्पतीको हत्या गरेको देखिएको छ। बाँकी अनुसन्धान भइरहेको छ,’ उनले भने।

चैत १९ गते सोमबार राति  घरभित्रै ६८ वर्षीय सूर्यबहादुर जिसी र अन्दाजी ६५ वर्षीया श्रीमती गमला जिसीको हत्या भएको अवस्थामा मंगलबार बिहान ८ बजे शव फेला परेको थियो।

प्रहरीका अनुसार  छोराले गरेको फोन नउठाएपछि छिमेकी उनीहरूको घरमा हेर्न गएका थिए।  ढोकामा ताला लगाएको देखेपछि उनका छोरा आफैँ आएर ढोका खोल्दा मृत अवस्थामा फेला परेका हुन्।

घटनास्थल पुगेको प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान अगाडि बढाएको थियो। एक महिनाको अनुसन्धानमा प्रहरीले दुई जनालाई पक्राउ गरेर थप अनुसन्धान एसपी बोगटीले जानकारी दिए।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: