Loktantra Khabar National Weekly
Ad

दुई सय १६ किलो गाँजासहित दुई जना पक्राउ

लोकतन्त्र खबर
१८ बैशाख २०८१

बारा । निजगढ नगरपालिका-१० स्थित सडकबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । २ सय १६ किलो गाँजासहित जितपुरसिमरा उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय आकाश लामा समेत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट रतनपुर र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको संयुक्त टोलीले रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ना.५ ख ७५५२ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा गाँजा फेला परेको थियो । प्रहरीले ७ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक लामा समेत २ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: