Loktantra Khabar National Weekly
Ad

अनिच्छित गर्भ रहनबाट रोक्ने अस्थायी साधन कुन-कुन हुन् ?

लोकतन्त्र खबर
१७ बैशाख २०८१

कहिलेकाहीं सावधानी अपनाउँदा अपनाउँदै पनि अनिच्छित गर्भधारण हुनसक्छ । यस्तो बेलामा के गर्ने, कसो गर्ने भन्ने चिन्ता हुन्छ । तर अनिच्छित गर्भ रहन नदिने विभिन्न साधनहरु उपलब्ध छन् । यसमा स्थायी र अस्थायी गरी दुई किसिममा विधि छन् ।

स्थायी महिला तथा पुरूष दुवैमा गर्न सकिन्छ, जसलाई बन्ध्याकरण भनिन्छ । तर अस्थायी साधन महिला र पुरुषको छुट्टाछुट्टै हुन्छ । यी ६ अस्थायी साधनले अनिच्छित गर्भाधारण रोक्न मद्दत गर्नसक्छ ।

कण्डम

अनिच्छित गर्भाधारण रोक्ने भरपर्दो र मुख्य साधन हो, कण्डम । पुरुषले प्रयोग गर्ने यो अस्थायी साधनले गर्भ रहनबाट रोक्नुका साथै विभिन्न यौनरोगबाट समेत बचाउँछ । शारीरिक सम्पर्क सुरु गर्नुभन्दा अगाडि प्रयोग गर्न सकिने कण्डम सजिलै बजारमा पाइन्छ । सरकारी अस्पतालमा यो निःशुल्क पाइन्छ ।

कपर ट

कपर टी सानो टी आकारको प्लास्टिकको यन्त्र हो, जुन पाठेघरभित्र राखिन्छ । कपर टी लगाएपछि अनिच्छित गर्भ रहने भय हुँदैन । यसलाई १२ वर्षसम्म राख्न सकिन्छ र गर्भधारण गर्न मन लागे निकाल्न समेत सकिन्छ । कपर टी पछिल्लो समय गर्भनिरोधकको सबैभन्दा राम्रो उपाय मानिन्छ ।

नरप्लान्ट

अनिच्छित गर्भधारण रोक्ने अर्को विकल्प हो, नरप्लान्ट । यसलाई महिलाको पाखुरामा सानो घाउ बनाएर राखिन्छ भने यो ५ वर्षसम्मका लागि ढुक्क हुन्छ ।

नियमित गर्भनिरोधक चक्की (पिल्स)

पिल्स अर्को गर्भनिरोधक साधन हो । अनिच्छित गर्भ रोक्न यसलाई महिलाले हरेक दिन खानुपर्ने हुन्छ । आवश्यकता अनुसार खान र छोड्न सक्ने भएकाले प्राय: महिलाले यसको प्रयोग गरिरहेको देखिन्छ । यसलाई खान छुटाउनु भने हुँदैन । कुनै दिन चक्की सेवन गर्न भुलेमा यसले काम नगर्ने सम्भावना हुन्छ ।

डिपो अर्थात तीन महिने सुई

नेपालमा संगिनी सुई भनेर चिनिने डिपोप्रोभेरा गर्भनिरोधकको भरपर्दो माध्यम हो । महिलाले गर्भवती हुनबाट बच्न हरेक तीन-तीन महिनामा यो सुई लगाउन सकिन्छ । डिपो एक पटक लगाएपछि तीन महिनासम्म लगाउनु पर्दैन र त्यस अवधिमा गर्भ रहँदैन । डिपो सुई स्तनपान गराउने महिलाले बच्चा जन्मेको ६ हप्तापछि नै प्रयोग गर्न सक्छन् ।

आकस्मिक गर्भनिरोधक चक्की

असुरक्षित शारीरिक सम्पर्क भएपछि गर्भ रहने शंका भएमा आकस्मिक पिल्सको प्रयोग गरिन्छ । खासगरी यो अन्य गर्भनिरोधक साधन असफल भएको अवस्थामा जस्तै यौन सम्पर्कको बेला कण्डम फुटेमा, पिल्स खान बिर्सिएमा, तीन महिने डिपो सुई लगाउन छुटेमा कहिलेकाहीं यसको प्रयोग गर्न सकिन्छ । यसलाई शारीरिक सम्पर्क भएको ४८ घण्टादेखि ७२ घण्टासम्म प्रयोग गर्नुपर्ने हुन्छ । तर नियमित रुपमा भने यो चक्कीको प्रयोग गर्नुहुँदैन । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: