Loktantra Khabar National Weekly
Ad

परिवर्तन भयो प्रभास र दीपिकाको फिल्म ‘कल्कि २८९८ एडी’ को रिलिज डेट

लोकतन्त्र खबर
१६ बैशाख २०८१

दक्षिण भारतीय अभिनेता प्रभास र बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनीत फिल्म ‘कल्कि २८९८ एडी’ को रिलिज डेट परिवर्तन भएको छ।

९ मेमा रिलिज हुने भनिएको फिल्म अब जुन २७ मा रिलिज हुनेछ। शनिबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरेका हुन्। सार्वजनिक पोस्टरमा प्रभास र दीपिकासँग अमिताभ बच्चन पनि देखिएका छन्।

यो फिल्म भारतको पहिलो साई-फाई सुपरहीरो फिल्म बताइएको छ। फिल्ममा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण, कमल हासन र दिशा पाटनीको मुख्य भूमिका छ।

यो प्रभासको करियरकै सबैभन्दा महँगो फिल्म हुनेछ। भारतीय सञ्चारमाध्यमका टाइम्स अफ इन्डियाका अनुसार फिल्मको बजेट ६०० करोड भारू छ।

नाग अश्विनले निर्देशन गर्न लागेको फिल्ममा अश्विनी दत्तको लगानी रहने छ। इन्डियन माइथोलोजीबारे फिल्मको कथा हुनेछ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: