Loktantra Khabar National Weekly
Ad

आदित्यसँग छोरी अनन्याको प्रेम सम्बन्धबारे यसो भन्छन् चंकी पाण्डे

लोकतन्त्र खबर
१२ बैशाख २०८१

बलिउड अभिनेता चंकी पाण्डे लामो समयदेखि फिल्ममा काम गरिरहेका छन्।

पछिल्लो समय कमेडी गरिरहेका चंकीले आफ्नो फिल्मी करियर ‘हिरो’ को रूपमा गरेका थिए। अब चंकीकी छोरी अनन्या पाण्डे पनि फिल्ममा काम गरिरहेकी छन्। तर पछिल्लो समय उनी आफ्नो फिल्मी करियरभन्दा पनि व्यक्तिगत जीवनलाई लिएर चर्चामा छिन्।

भारतीय सञ्चारमाध्यमका अनुसार अनन्या अभिनेता आदित्य राय कपूरसँग प्रेम सम्बन्धमा छिन्। केही दिनअघि उनीहरू घुम्न गएको तस्बिर पनि सार्वजनिक भएको थियो। अनन्या र आदित्यले प्रेम सम्बन्धबारे केही खुलाएका छैनन्। तर हालै एक अन्तर्वार्तामा चंकीले उनीहरूको सम्बन्धबारे कुराकानी गरेका छन्।

‘मेरो छोरी जे गर्न चाहन्छिन् त्यो गर्न सक्छिन्। मैले उनलाई यस कुराको पूरा अनुमति दिएको छु। हाल उनी २५ वर्षकी भइन्। उनी मभन्दा धेरै पैसा कमाउँछिन्। म आफ्नो २५ वर्षकी छोरीलाई तिमी यो गर नगर भनेर कसरी भन्न सक्छु,’ उनले भनेका छन्।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: