Loktantra Khabar National Weekly
Ad

गोडैता नपाले  ५३ हजार बढी नगरवासीलाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने

लोकतन्त्र खबर
१० बैशाख २०८१

लोकतन्त्र समाचारदाता—
सर्लाही,बैशाख ९

सर्लाहीको बसबरिया गाउँपालिकामा  बैशाख १६ गते देखि २९ गते सम्म चल्ने हात्ती पाईले निवारण विरुद्धको आम औषधी सेवन अभियानमा ५३ हजार गोडैताका नागरिकलाई  औषधी खुवाइने भएको छ।

परजीवीबाट संक्रमित क्युलेक्स जातीको लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोगको उन्मुलनका लागि जिल्लाको बिसवटै पालिकामा बैशाख १६ गतेदेखि यस रोग विरुद्धको औषधी खुवाउने अभियान सुरु हुने छ ।

गोडैता नगरपालिकाले  आइतवार आयोजना गरेको हात्तीपाइले रोगको पालिका स्तरिय योजना तथा बहुनिकाय गोष्ठी  सेवन अभियान बारे पालिका स्तरीय योजना तथा बहुनिकायहरु सँगको १ दिने गोष्ठीमा नगरपालिकाको नगरपालिका प्रमुखहलमा आयोजना गरियो ।

हात्तीपाइले विरुद्धको औषधि   २ बर्ष मुनिका बालबालिका, गर्भवती, छारे रोगका रोगी  र औषधी खान नहुने स्वास्थ्य संयाेजक शाहबुद्विन मिकरानीले जानकारी दिए ।

त नगरभित्रका ५३ हजार भन्दा बढीलाई औषधि खुवाएर अभियान सफल पार्ने  प्रमुख मिकारानीले बताए ।

पालिका अन्तर्गतका १२ वडा अध्यक्ष,स्वास्थकर्मी ६५,   महिला स्वास्थ्य स्वयंसेवकीका ९१ जना खटिने स्वास्थ्य शाखाले जनाएको छ ।

नगर प्रमुख देवेन्द्र प्रसाद यादवको संयोजकतत्वमा भएको गोष्ठीमा नगर प्रमुख देवेन्द्र प्रसाद यादव उपाध्यक्ष अन्जना कुशवाहा ,स्वास्थ्य प्रमुख शाहबुद्विन मिकरानी, ,१२ वटै वडाका वडाध्यक्ष ,कार्यपालिका सदस्य लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्: