
राजिव साह-
सर्लाही,बैशाख ७
सर्लाहीमा बैशाख १६ गते देखि २९ गते सम्म चल्ने हात्ती पाईले निवारण विरुद्धको आम औषधी सेवन अभियानमा सर्लाही सदरमुकाम मलंगवा नगरपालिका भित्रका ५२ हजार नगरवासीलाई हातीपाईले विरुद्धकोऔषधी खुवाइने भएको छ।
परजीवीबाट संक्रमित क्युलेक्स जातीको लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोगको उन्मुलनका लागि सर्लाहीका २० ओटै पालिकामा बैशाख १६ गतेदेखि यस रोग विरुद्धको औषधी खुवाइने भएको छ।
मलंगवा नगरपालिकाको कार्यालय शुक्रबार आयोजना गरेको हात्तीपाइले रोगको आम औषधी सेवन अभियानको अन्तर्गत नगरका स्वस्थ्यकर्मी र जनप्रतिनिधि कर्मचारी स्तरीय अन्तरक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रतिनिधि सुशिल झाले उक्त अभियान सञ्चालन गर्ने बारे जानकारी दिइका हुन।
सर्लाहीसहित नेपालभरी हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रममा तीनथरिका औषधी खुवाइँदै आएकोमा सोही अभियानलाई निरन्तरता दिइएको कार्यालय प्रमुख झाले बताए।उनले गतवर्ष खाइसकेका ब्यक्तिले पनि अनिवार्य रुपमा खानुपर्ने बताए ।
यसको औषधि २ बर्ष मुनिका बालबालिका, गर्भवती, औषधी खान नहुने समूहबाहेक सबैलाई खुवाइँदै छ।
हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउनका लागी वडा स्तरिय स्वस्थ्यकर्मी खटाउने , सञ्चारमाध्यममा प्रचार प्रसार गर्ने गरि तयारी सुरु स्वास्थ्य शाखा निरीक्षक धिरेन्द्र यादवले जानकारी दिनुभयो ।
गतवर्ष संचालन भएको अभियानमा मलंगवा नगरका ५० हजार जनाले हात्तिपाइले रोग विरुद्धको औषधी खाएको नगर स्वास्थ्यशाखाले जनाएको छ ।
कार्यक्रम मार्फत जिल्ला स्वास्थ्य कार्यालय प्रतिनिधि सुशील झाले औषधि सेवनबाट हुने सामान्य (अवान्छीत) केही असरहरु देखीएपनि यसबाट डराउनु नपर्ने भएकोले ढुक्कका साथ औषधि सेवन गर्न अनुरोध गरे।
सरकारले नेपालमा यो हात्तीपाइले नामको रोगलाई सन् २०३० सम्ममा निवारण गरिसक्ने लक्ष्य लिएकोले यो बर्ष अनिवार्य रुपमा औषधी सेवन अभियानलाई सफल बनाउन जिल्लाका सबै सरोकारवालाले सहयोग गर्ने मलंगवा नगरपालिका प्रमुख नागेन्द्र प्रसद यादवले जानकरी दिए ।
मलंगवा,८ का वडा अध्यक्ष मुकेश जयसवलले अभियानलाई सफल बनाउन आफुबाट औषधी खाएर अभियानलाई सबैवडाका जनप्रतिनिधी सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नगरपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा सभा अध्यक्ष कार्यालय नगरप्रमुख नागेन्द्र प्रसाद यादव,स्वस्थ्य कार्यालय स्वास्थ्य शाखा प्रमुख सलिम मिकरानी,अलिसान अख्तर ,शाेभाकान्त प्रसाद साह,शिवनारायण यादव,सहजकर्ता पूजा कुमारी यादव,प्वडा अध्यक्ष मुकेश जयसवाल,नवल किशाेर यादव वडा सदस्य रामकेवल महतो लगायत नगरपालिका भित्रका कर्मचारी संचारकर्मीहरुको उपस्थिति रहेको थियो।