Loktantra Khabar National Weekly
Ad

१० करोड लगानीमा ‘त्रिशुली भिल्ला’ सञ्चालनमा, यस्ता छन् सुविधा

लोकतन्त्र खबर
५ बैशाख २०८१

पृथ्वी राजमार्गको बेनिघाटमा त्रिशुली रिभरसाइड रिसोर्ट सञ्चालन गरिरहेका उद्दव कँडेलले त्रिशुली नदी पारी ‘त्रिशुली भिल्ला’ सञ्चालनमा ल्याएका छन्।

१५ रोपनी क्षेत्रफलमा फैलिएको भिल्लाको निर्माणमा करिब १० करोड रूपैयाँ लगानी भएको सञ्चालक कँडेलले बताए।

त्रिशुली रिभर साइड रिसोर्टभन्दा लक्जरी सुविधासहितको यी १२ वटा आकर्षक भिल्लाहरूमा ३७ वटा कोठा छन्।

२२ वटा कोठा सञ्चालनमा आएको र अबको केही महिनामै बाँकी १५ वटा सञ्चालनमा ल्याइने सञ्चालक कँडेलले बताए।

भिल्लामा तीन सय जना क्षमताको कन्फ्रेन्स हल छ। जसले कर्पोरेट ग्राहकहरूलाई समेत सहज हुने कँडेलको विश्वास छ। ‘वेलनेस’ प्रेमी पाहुनालाई ध्यानमा राख्दै भिल्लामा साउना र स्टिम समेत निर्माण गरिएको छ।

यसबाहेक आवश्यकता अनुसार भिल्लाका ग्राहकहरूले प्राइभेट पार्टी, क्याम्प फायर, बार्बिक्यु लगायतको मज्जा लिन सक्नेछन्।

भिल्लामा न्यूनतम चार हजार रूपैयाँ देखिको प्याकेज बुक गर्न सकिन्छ।

भिल्लामा बुकिङ गर्ने ग्राहकले डिनर, रूम र ब्रेकफास्टसँगै वेलनेस प्याकेज अन्तर्गत स्विमिङ पुल, साउना, स्टिम र हाइकिङ समेत पाउँछन्। भिल्लामा पुगेका पाहुनाहरूलाई यी सबै किसिमका लक्जरी सुविधाहरू उपलब्ध छ।

भिल्लामा रेस्टुरेन्ट तथा बारको समेत व्यवस्था गरिएको छ। रूमको बालकोनीबाट त्रिशुली नदीको सुन्दर दृश्यावलोकन गर्न पाउनु भिल्लाको अर्को आकर्षण रहेको सञ्चालक बताउँछन्।

रिभरसाइड रिसोर्ट साहसिक पर्यटनको हबको रूपमा विकास हुँदैछ। त्रिशुली नदी माथि स्काइ साइक्लिङ, जिपलाइन, त्रिशुली नदीमा साहसिक र्‍याफ्टिङ जस्ता साहसिक पर्यटनको अनुभव लिन सकिनेछ।

भिल्ला पुग्न पृथ्वी राजमार्गको मालिङ्गा झरेपछि त्रिशुली रिभरसाइड रिसोर्टबाट जिपलाइन वा स्काई साइक्लिङमार्फत जान सकिन्छ।

एडभेञ्चर नरोज्ने पाहुनाहरू झोलुङ्गे पुल तरेर भिल्ला पुग्न सक्छन्। सवारी साधन लिएर जानेका लागि नदी वारी नै पार्किङको सुविधा छ।

बाइकमा भने झलुङ्गे पुल हुँदै भिल्ला सम्मै पुग्न सकिन्छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: