Loktantra Khabar National Weekly
Ad

‘कंगुवा’ पछि यस फिल्म भिलेन बन्दै बबी देओल

लोकतन्त्र खबर
४ बैशाख २०८१

बलिउड फिल्म ‘एनिमल’ बाट चर्चामा छन् अभिनेता बबी देओल। यस फिल्ममा उनी खलनायकको पात्रमा देखेर चर्चामा आएका हुन्।

यस फिल्मपछि उनलाई दक्षिण भारतीय फिल्मबाट खलनायक पात्रको अफर आइरहेका छन्। उनले दक्षिण भारतीय फिल्म ‘कंगुवा’ मा खलनायकको भूमिका निर्वाह गरेका छन्। केही समयअघि फिल्मको टिजर सार्वजनिक भएको थियो। सार्वजनिक टिजरमा उनको लुक्सलाई दर्शकले रूचाएका थिए।

यो फिल्मपछि उनी फेरि खलनायककै भूमिकामा देखिने भएका छन्। उनी अजित कुमारको आगामी फिल्म ‘गुड ब्याड अग्ली’ मा खलनायकको भूमिकामा देखिन लागेको भारतीय सञ्चारमाध्यम पिंकभिलामा उल्लेख छ। तर निर्माण टिमले आधिकारिक जानकारी दिएका छैनन्।

रविचन्द्रनले निर्देशन गर्ने फिल्मको छायांकन छिट्टै सुरू हुने बताइएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: