Loktantra Khabar National Weekly
Ad

सर्लाहीको मलंगवामा GESI निति तर्जुमा तथा कार्यान्वयन कार्यशाला गोष्ठी सम्पन्न

लोकतन्त्र खबर
४ बैशाख २०८१

लोकतन्त्र समाचारदाता—
सर्लाही,बैशाख ४

शि लिड्स(महिला नेतृत्व कार्यक्रम) अन्तर्गत माण्डवी द्वारा सर्लाहीको पाँच वटा पालिकामा संचालित लैंगिक समानता तथा सामाजिक समावेशीकरण(GESI) परियोजनाको निति तर्जुमा तथा कार्यान्वयन सम्बन्धी एकदिने कार्यशाला गोष्ठी सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएकोे छ।

आईफिएस नेपालको प्राविधिक सहयोग, स्विस सरकार विकास सहयोग (एसडिसि) र अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा माण्डवीको आयोजनामा मलंगवा स्थित नवरंग होटलमा एकदिने कार्याशाला गोष्ठि सम्पन्न भएको होे ।

सर्लाही जिल्लाको हरिपुर्वा,कबिलासी,बरहथवा,हरिवन र बागमती नगरपालिकामा संचालित शि लिड्स (महिला नेतृत्व कार्यक्रम) परियोजना अन्तर्गत GESI को नीति तर्जुमा , सोको कार्यान्वयन साथै वर्तमान समाजिक परिवेशमा महिलाहरुको राजनितीक प्रतिनिधित्व सुनिश्चित गर्न सरोकारवालाले खेल्न सक्ने भुमिका लगायतका विषयहरुमा छलफल गरि कार्ययोजना बनाएर लागू गर्न सरोकारवालाहरुसँग प्रतिबद्धता व्यक्त गराउने उदेश्यले कार्यशाला गोष्ठीको आयोजना गरिएको माण्डवीका सर्लाही जिल्ला अधिकृत रमा पौडेलले जानकारी दिनुभएको छ।

कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै संस्थाका कार्यक्रम संयोजक मुनिलाल बैठाले GESI नीतिको कार्यान्वयनबाट महिला सशक्तीकरणमा जोड पुग्ने,महिला नेतृत्वको विकास हुने,शिक्षा,स्वास्थ्य ,सामाजिक र राजनीतिमा महिलाको पहुँचमा वृद्धि हुने साथै आत्मनिर्णयको अधिकार स्थापित हुने बताए ।

कार्यशाला गोष्ठीमा सहजीकरणको भूमिका निर्वाह गर्दै माण्डवीका अन्जु झा लोकतान्त्रिक अवस्थामा पिछडिएको समुदाय पनि पुर्ण रुपले स्वतन्त्र र समानताको हकदार रहेकोले लक्षित वर्गको व्यवहारिक तथा रणनीतिक आवश्यकता पहिचान गरि समानतामूलक सकारात्मक विभेदका कार्यक्रमहरुलाई प्राथमिकता दिई व्यवहारमा उतार्न लैंगिक समानता तथा सामाजिक समावेशीकरण मुलप्रवाहिकरणको आवश्यक्ता पर्ने बताएका थिए ।

कार्यक्रमको अन्तमा सहभागी पाँचवटै स्थानीय तहका प्रमुख ,उपप्रमुख,वडाअध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत ,स्थानीय जनप्रतिनिधि महिला सदस्य ,नागरिक समाजका प्रतिनिधिहरु लगायतका सरोकारवालाहरुले कार्ययोजना तयार गर्दै आ आफ्नो पालिकामा GESI नीति कार्यन्वयन गर्ने प्रतिबद्धता जनाएका थिए।

साथै उनीहरूले GESI नीति निर्माण नभएको पालिकामा नीति निर्माण गर्ने र निर्माण भइसकेको पालिकामा यसलाई पुर्ण रुपमा कार्यान्वयनमा ल्याउने समेत प्रतिबद्धता गरेका थिए।

लैंगिक पोलिसी नबनाइएका पालिकामा लैंगिक पोलिसी बनाएर लागू गर्ने, सामाजिक परिवेशलाई ध्यानमा राखेर मात्र लैंगिक पोलिसी बनाउने ,लैंगिक फोकल पर्सन तोक्ने,लैंगिक डेक्सको निर्माण गर्ने,सबै पालिकाहरुमा लैंगिक आचार संहित तयार गर्ने,भएको नीतिहरुमा संसोधन गर्ने लगायतका बुँदा कार्ययोजनामा समावेश गरिएको माण्डवीका सर्लाही जिल्ला अधिकृत पौडेलले जानकारी दिए।

कार्यक्रममा बरहथवा न.पा की नगरप्रमुख कल्पना कटुवाल ,कबिलासी न.पा की उपप्रमुख पुनम कर्ण,गुन्जा साह,ओरेक नेपालकी ममता साह,कबिलासी न.पा का कार्यपालिका सदस्य विनय कुमार कर्ण लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: