Loktantra Khabar National Weekly
Ad

अवैध हातहतियार नियन्त्रणमा प्रहरीको सफलता

लोकतन्त्र खबर
४ बैशाख २०८१

लोकतन्त्र समाचारदाता—
सर्लाही,बैशाख ४

सर्लाही प्रहरीले जिल्लामा अवैध हातहतियारहरु नियन्त्रणमा ठूलो सफलता हात पारेको छ।

प्रहरीको सकृयतामा गएको फागुन र चैत्र महिनामा मात्रै ७४ (चौहत्तर) राउण्ड गोली र ३ वटा स्वचालित पेस्तौल बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिएको छ।

दुई देश बीचको खुल्ला सिमाना तथा एक अर्का देशमा शरण लिने र वैवाहिक सम्बन्ध जोड्ने जस्ता गतिविधिहरुले गर्दा अवैध रुपमा हातहतियार भित्रिएको श्रेष्ठले बताए ।

उनले मित्र राष्ट्र भारतमा हुन लागेको लोकसभा चुनावको कारणले गर्दा भारतीय अपराधीहरु मधेश प्रदेशका जिल्लाहरुमा बढी मात्रामा लुकेर बसेकाले पनि अवैध हातहतियार भित्रिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्: