Loktantra Khabar National Weekly
Ad

मधेसमा आज जुडशीतल,चैती छ्ठ पर्व मनाइँदै

लोकतन्त्र खबर
२ बैशाख २०८१

राजिव शाह –
सर्लाही,बैशाख २

तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व र चैती छ्ठ पर्व मनाइँदै छ ।

जुडशीतलपर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् ।

यसैगरी चैती छ्ठ पनि आजै परेको छ ।

छ्ठ पर्वका व्रतालुहरु आज साझ अस्ताउदो सुर्यलाई अर्घ दिने र भोलि सोमबार बिहान उदाउँदो सुर्यलाई अर्घ दिएर चैती छ्ठ सम्पन्न हुने छ ।

विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गरिन्छ ।

सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन् ।

पछिलोपट्क चैती छ्ठको रौनक तराई मधेसमा देखिन्छ ।

आज मीठा परिकार भोजन गर्ने परम्परा पनि छ ।

यसै अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्: