Loktantra Khabar National Weekly
Ad

‘रामायण’ मा रावण बन्न अस्वीकार गरेका हुन् यशले?

लोकतन्त्र खबर
३० चैत्र २०८०

निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण’ स्टार कास्टको कारण चर्चामा छ।

यो फिल्मको छायांकन सुरू भइसक्यो। यतिबेला लारा दत्ता र अरूण गोविल आफ्नो सट दिइरहेका छन्। फिल्ममा लारा कैकेयी बनेकी छन् भने अरूण दशरथ बनेका छन्।

फिल्ममा अभिनेता रणवीर कपूर रामको भूमिकामा देखिनेछन् भने साई पल्लवी सीताको। केजिएफ अभिनेता यश रावणको भूमिकामा देखिने बताइएको थियो। यसैबीच अभिनेता यशले रावणको भूमिका अस्वीकार गरेको खबर बाहिरिएको छ।

भारतीय सञ्चारमाध्यम जूम डटकमका अनुसार यशले पहिला फिल्ममा रूचि देखाएपनि हालै फिल्म छाडेका छन्। तर निर्माण टिमले आधिकारिक जानकारी दिएका छैनन्।

निर्देशक नितेश, मधु मन्टेना, नमित मल्होत्रा र अल्लू अरविन्दको लगानी रहने फिल्म तीन भागमा बन्ने बताइएको छ। पहिलो भागमा राम र सीताको कहानी समावेश गरिनेछ।

यो फिल्मको छायांकन सन् २०२४ देखि सुरू गरिनेछ। प्यान इन्डियाको फिल्म सन् २०२५ प्रदर्शन हुनेछ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: