Loktantra Khabar National Weekly
Ad

सर्लाहीसहित मधेसका जिल्लाका मुस्लिम समुदायले “ईद उल फित्र “हर्सोउल्लासका साथ मनाए

लोकतन्त्र खबर
३० चैत्र २०८०

लोकतन्त्र समाचारदाता—-

सर्लाही, चैत्र ३०

सर्लाहीसहित मधेसका जिल्लाहरुमा  इस्लाम धर्मावलम्बीहरुले आज(बिहीबार)  ईलुल फित्र(ईद) धुमधामका साथ मनाएका छन् ।

बुधबार रोजा बसेको ३० दिन पूरा भएको र साँझ चन्द्रमा पनि देखिएकोले आज उनीहरूले  ईदुल फित्र (ईद) मनाएका हुन ।

खाडी मुलुक साउदी अरब, कतारसहितका मुस्लिम देशहरुरुमा बुधबार नै ईद मनाए पनि नेपालसहित भारत, पाकिस्तान, बंगलादेश लगायतका मुलुकका मुस्लिम सामुदायले भने बिहीबार एकैसाथ ईद मनाएका हुन्।

इस्लाम धर्मका ५ वटा आधार स्तम्भ इमान, नवाज, रोजा, जकात, हजमध्ये “रोजा” तेस्रो नम्बरको हो ।

हरेक बालिग महिला र पुरुषमा रमजान महिनामा रोजा बस्नुपर्ने अनिवार्य प्रावधान रहेको छ ।

ईदमा सेवइ, खीर तथा अन्य मिठो परिकारहरु प्रसादको रुपमा खाने गरिन्छ ।

त्यस्तै इदको लागि मुस्लिम समुदायले परिवारका प्रत्येक सदस्यको लागि नयाँ लुगाकपडा खरिद गर्ने गर्दछ ।

ईदको नमाज पढ्नु पुर्व घरका प्रत्येक सदस्यले नयाँ लुगा कपडा लगाउनु जरुरी रहेकोले अती विपन्न ,गरिब तथा असहायलाई आर्थिक रुपले सबल मुस्लिमहरुले जकातको रुपमा लत्ताकपडा तथा खानपिनको लागि सामग्रीहरु सहयोग गरिदिने चलन रहेको छ ।

ईदको दिन बिहानै सम्पूर्ण मुस्लिमहरु नुहाई गरि पवित्र भइ नयाँ कपडा लगाएर नजिकका इदगाह वा मस्जिदमा गएर ईदको नमाज पढ्ने गर्दछ ।

ईदको नमाज पढ्नु भन्दा पूर्व रोजामा भएको कमी कमजोरी वा रोजालाई शुद्धिकरणका लागि प्रतिव्यक्ति २ किलो ४५ ग्राम गहुँको दरले परिवारका सवै सदस्यहरुको नाममा अनिवार्य रुपमा मस्जिद मदरसामा दान गर्नुपर्ने चलन रहेको छ ।

ईदको नमाज समाप्त भइसके पछि मुस्लिम समुदायले एक अर्कालाई अंकमाल गरी “ईद मुबारक” भन्दै शुभकामना दिने गर्छन ।

यस अवसरमा सर्लाहीको सदरमुकाम मलंगवासहित खुटौना,भाँडसर,शिवनगर,लक्ष्मीपुर, सुन्दरपुर,गोडैता,फरहदवा,बरहथवा, हरिवन,त्रिभुवननगर लगायतका मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बस्ती तथा गाउँका मस्जिद मदरसामा बिहानैदेखि नवाज पढ्नेहरुको भिड लागेको थियो।

ईदको अवसरमा संघीय सरकार र मधेश प्रदेश सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्: