Loktantra Khabar National Weekly
Ad

बारीमा लगाएको आगो फैलिएर खानेपानी आयोजनामै क्षति पुगेपछि परे पक्राउ

लोकतन्त्र खबर
२९ चैत्र २०८०

काभ्रेमा आगजनी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

मण्डनदेउपुर नगरपालिका वडा नम्बर ११ तर्किनटार बस्ने ३१ वर्षीय मैते तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

उनले आफ्नै पाखा (बारी) मा आगो लगाउँदा नजिकैको जंगलमा पनि सल्किएको थियो।

आगो फैलिँदा काभ्रे खोला दोभान सोलारमुस खानेपानी तथा सिँचाइ परियोजनाको सोलारका तार, पाइप लगायतमा क्षति पुगेको थियो।

आगजनी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: