Loktantra Khabar National Weekly
Ad

यस्तो छ भन्सालीको वेब सिरिज ‘हीरामन्डी’ को ट्रेलर

लोकतन्त्र खबर
२८ चैत्र २०८०

भारतीय निर्देशक सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हीरामन्डी: द डायमण्ड बजार’ को ट्रेलर सार्वजनिक भएको छ।

मंगलबार नेटफ्क्सि इन्डिया युट्युब च्यानलमार्फत वेब सिरिजको ट्रेलर सार्वजनिक गरिएको हो। सिरिजमा मनिषा कोइराला, अदिति राव हैदरी, ऋचा चढ्ढा, सोनाक्षी सिन्हा, शर्मिन सहगल, सञ्जीदा शेखलगायत कलाकारको अभिनय छ।

भारतीय सञ्चारमाध्यमका अनुसार यस सिरिजको बजेट २०० करोड भारू रहेको बताइएको छ।

भन्साली निर्देशित पछिल्लो फिल्म ‘गंगुबाई काठियावाडी’ ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो। यो फिल्म सन् १९६० को दशकमा मुम्बई कमाठीपुरामा एउटा ‘वेश्यालय’ चलाउने गंगूबाईको जीवनीमा आधारित थियो।

वेब सिरिज ‘हीरामन्डी’ पनि ‘वेश्यालय’ चलाउने रानीहरूको कथामा आधारित छ। फिल्मसिटीमा ‘गंगुबाई काठियावाडी’ को सेट जहाँ बनाइएको थियो, त्यही नै ‘हीरामन्डी’ को सेट बनाइएको हो।

यो सिरिज २०२४ मे १ देखि नेटफ्लिक्समा रिलिज हुनेछ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: