Loktantra Khabar National Weekly
Ad

मलंगवा स्थित नेपाल-भारत सिमामा पहिलोपटक आयोजना भएको महाविष्णु महायज्ञ सुरु,महायज्ञको विशेष आकर्षण रामलिला ,रासलिला र गौ कथा

लोकतन्त्र खबर
२८ चैत्र २०८०

मनोज यादव—
सर्लाही,चैत्र २८

सर्लाहीको सदरमुकाम मलंगवा स्थित नेपाल-भारत सिमामा श्री श्री १००८ श्री महाविष्णु महायज्ञ एवं नवाह पाठ तथा मेला आज(बुधबार) बाट विधिवत सुरु भएको छ।

प्राचीन कालदेखि दुवै देश बिच चल्दै आएको बेटी रोटीको सम्बन्धलाई थप सुमधुर बनाउन साथै धार्मिक सद्भावको सन्देश दिन भन्दै मलंगवा नगरपालिकाको वडा न-२ र ८ स्थित सर्लाही भन्सार कार्यालय र भारतको सोमबर्षा(हनुमान चौक)नजिक सुरु भएको महायज्ञको मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवले मंगलबार विधिवत समुद्घाटन गरेका थिए।

महायज्ञको समुद्घाटन गर्दै मेयर यादवले यस किसिमको महायज्ञ जस्ता धार्मिक अनुष्ठानको आयोजनाले समाजलाई अनुशासित र चरित्रवान बनाउनका साथै सामाजिक एकतामा बल पुयाउने बताए ।

दुई छिमेकी देश नेपाल र भारतको मात्र नभइ समग्र विश्वमा शान्ति, समृद्धि र कल्याणको कामना गर्दै महाविष्णु महायज्ञको आयोजना गरिएको महायज्ञ मुल समारोह समितिका अध्यक्ष धिरेन्द्र मिश्रले बताए ।

महायज्ञको उद्घाटन समारोहका दिन दुवै देशका पन्ध्रसय कन्याहरु द्वारा बाजागाजा र झाँकी सहित विशाल कलश यात्रा निकालिएको थियो।

उक्त कलश यात्रामा कन्याहरुको साथ दुवै देशका सयौं नर नारी,विभिन्न क्षेत्रका गन्यमान्य व्यक्ति ,सुरक्षाकर्मी र पत्रकारहरु लगायतले सहभागीता जनाएका थिए।

बैशाख ७ गतेसम्म चल्ने महायज्ञमा हरेक दिन श्री गौ कथा , रामलिला, रासलिला र रामनामको जप भइरहहेको महायज्ञ मुल समारोह समितिले जानकारी दिएको छ। महायज्ञमा बनारसका प्रसिद्ध कथा वाचक आचार्य श्री अशोक पाण्डेले प्रवचन दिईरहेका छन् ।

महायज्ञ स्थलमा लागेको मेलामा विभिन्न खेल ,तमासा ,सर्कस र विभिन्न सामाग्रीको तथा परिकारको स्टलहरु राखिएका छन्।

यो महायज्ञ र मेला नेपाल र भारत दुबै देशको सिमामाकामा आयोजमा गरिएकोले एक लाख भन्दा बढी मानिसहरुको सहभागीता रहने अपेक्षा गरिएको समितिले बताएको छ।

प्रतिक्रिया दिनुहोस्: