Loktantra Khabar National Weekly
Ad

एसएस राजामौलीको फिल्ममा आमिर खान!

लोकतन्त्र खबर
२७ चैत्र २०८०

बलिउड अभिनेता आमिर खान पछिल्लो समय फिल्म ‘लाल सिंह चड्ढा’ मा देखिएका थिए। यो फिल्म बक्स अफिसमा फ्लप भएपछि उनी कुन फिल्ममा देखिन्छन् भनेर कौतुहलता छ।

यसैबीच उनले आफ्नो कमब्याकको लागि दक्षिण भारतीय फिल्म निर्देशक एसएस राजामौलीसँग सहकार्य गर्ने खबर बाहिरिएको छ। भारतीय सञ्चारमाध्यम टिभी ९ हिन्दीका अनुसार उनी महेश बाबुको मुख्य भूमिका रहने फिल्म ‘एसएसएमबी २९’ मा देखिनेछन्।

फिल्मका लागि राजामौली र आमिरबीच कुराकानी भइरहेको छ। फिल्ममा आमिर भिलेनको भूमिकामा देखिने चर्चा छ। तर निर्माण टिमले आधिकारिक जानकारी दिएका छैनन्।

यो प्यान इन्डियाको फिल्म हो। यसै फिल्ममार्फत महेश बाबु पहिलो पटक हिन्दी भाषाको फिल्ममा डेब्यू गर्दैछन्। यसलाई भारतकै महँगो फिल्म बताइएको छ। यसको बजेट १ हजार करोड भारू हुने बताएको छ।

उनको पछिल्लो फिल्म ‘लाल सिंह चड्ढा’ बक्स अफिसमा फ्लम सावित भयो। अद्वैत चन्दनले निर्देशन गरेको फिल्ममा उनीसँगै करीना कपूर खानको मुख्य भूमिका छ।

यो फिल्म हलिउड फिल्म ‘फरेस्ट गम्प’ को आधिकारिक हिन्दी रिमेक हो। जसमा टम ह्याक्सले मुख्य भूमिका निभाएका थिए।

यसअघि आमिरको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ पनि बक्स अफिसमा असफल भएको थियो। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: