Loktantra Khabar National Weekly
Ad

गा.पा. अध्यक्ष रायद्धारा आगलागीबाट पिडित परिवारको घरमै पुगेर राहत बितरण

लोकतन्त्र खबर
२७ चैत्र २०८०

बखतियार अलि–

सर्लाही,चैत्र २६

सर्लाहीको एक दलित बस्तीमा सोमबार आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएको छ भने ५ वटा घरमा आंशिक क्षति पुगेको थियो ।

जिल्लाका बसबरीया गाउँपालिका वडा न. ३ भवानीपुर स्थित मुसहरी टोलमा सोमबार बिहान ११ बजे स्थानीय राम विश्वास माझीको घरबाट सल्किएको आगोले दलित समुदायको बसोबास रहेको उक्त बस्तीका ६ वटा घर जलेर पुर्णरुपमा नष्ट भएको छ भने ५ वटा घरमा आंशिक क्षति पुगे पछि बसवरिया गाउपालिकाले तत्काल राहत समाग्री बितरण गरेको पालिकाले जनाएको छ ।

आगलागीबाट धनमाल गुमाएका पिडित परिवारलाई बसबरिया गाउँपालिकाले तत्काल राहतको लागि राशन, त्रिपाल, भाँडाबर्तनका साथै नगद रु ११ हजार लगायतका राहत सामाग्री वितरण गरेको नि.प्रमुख प्रसासकीय अधिकृत चुनचुन प्रसाद यादवले जनाएको छ ।

बसवरिया गाउपालिका अध्यक्ष रामसिंहासन राय आफै पिडित परिवारहरुको घरदैलोमा पुगेर राहत बितरण गरेपछि स्थानीयहरुलाई ठुलो राहत मिलेको स्थानीयहरुले बताए ।

गाउपालिका अध्यक्ष रामसिंहासन रायले राहत बितरण गर्दै भने आगलागीबाट पिडित परिवारलाई पालिकाले सबै प्रकारको सहयोग गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्: