Loktantra Khabar National Weekly
Ad

आईपीएल : गुजरात टाईटन्समाथि लखनऊको जित

लोकतन्त्र खबर
२६ चैत्र २०८०

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनऊ सुपर जाएन्ट्सले जित हासिल गरेको छ । आइतवार राति सम्पन्न दोस्रो खेलमा लखनऊले गुजरात टाईटन्स माथि ३३ रनको जित निकालेको हो ।

लखनऊले दिएको १६४ रनको लक्ष्य पछ्याएको गुजरातले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १३० रन मात्र बनाउन सक्यो ।

लखनऊका लागि यश दयाल एक्लैले ५ विकेट लिए । यस्तै क्रुनाल पन्ड्याले ३ तथा नभिन उल-हक र रभि विश्नोईले समान १-१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लखनऊले २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । लखनऊका लागि मार्कस स्टोइनिसले ४३ बलमा सर्वाधिक ५८ रन बनाए ।

यस्तै कप्तान केएल राहुलले ३३ तथा निकोलस पुरनले ३२ रन जोडे । आयुष बडोनीले २० रन बनाए ।

लखनऊका लागि उमेश यादव र दर्शन नलकन्डेले २-२ विकेट लिए भने राशिद खानले १ विकेट लिए । अनलाइन नेपाल

 

प्रतिक्रिया दिनुहोस्: