Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा आगलागी हुँदा ११ घर जलेर नष्ट

लोकतन्त्र खबर
२६ चैत्र २०८०

सर्लाहीको बसबरियामा आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन्।

सोमबार बिहान ११ बजे बसबरिया गाउँपालिका–३ भवानिपुरको बङ्गलवास्थित दलित बस्तीमा आगलागी भएको हो।

आगलागीबाट ११ परिवारको फुसको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

‘आगलागीबाट भएको क्षतिको विवरण संकलनको काम हुँदैछ,’ उनले नेपालखबरसँग भने, ‘झण्डै दुई घण्टा लगाएर आगो नियन्त्रणमा लिएका छौँ।’

आगलागीबाट ६ घर पूर्ण र ५ घर आंशिक जलेकाे उनले बताए। आगलागीबाट लाखौँको क्षति भएको अनुमान छ।

आगो नियन्त्रणमा लिन जनपद र सशस्त्र प्रहरी, स्थानीयवासी तथा हरिवन र मलंगवा नगरपालिकाका दुईवटा वारुणयन्त्र परिचालन गरिएको थियाे।

२० वटा स्थानीय तह रहेको सर्लाहीका जम्मा दुई स्थानीय तहसँग मात्रै वारुणयन्त्र छ। सदरमुकामसमेत रहेको मलंगवा र हरिवन नगरपालिका बाहेक सर्लाहीका १८ स्थानीय तहसँग वारुणयन्त्र छैन।

सममयमै वारुणयन्त्र नपुग्दा सर्लाहीमा आगलागीले धेरै क्षति हुने गरेको छ।  नेपालखबर

प्रतिक्रिया दिनुहोस्: