Loktantra Khabar National Weekly
Ad

जेनरल स्टोरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट

लोकतन्त्र खबर
२६ चैत्र २०८०

सर्लाही,२६ चैत्र

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं १० बेला खैरा बजारमा रहेको मधु जेनरल स्टोरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ।

जेनरल स्टोरमा विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने स्थानीयहरुको अनुमान छ।

गए राति जेनर स्टोरमा आगलागी हुदा चामल, दाल, भुजा प्याकेट, चाउचाउ, सावुन, रेडबुल, बियर तथा नगद रकम सहित विभिन्न किराना सामग्री जलेर नष्ट भएको समाजसेवी युवा नाथुराम चौधरीले जानकारी दिनुभएको छ ।

जेनर स्टोरमा आगलागी हुदा सुविधा बचत तथा ऋण सहकारी संस्था मलंगवा शाखामा ऋण फुकुवा गर्न र एन आई सी एसिया बैंकको सावा र ब्याज तिर्न राखिएको नगद रु ८ लाख, चियापती २४ किलो, भुजा १५ बोरा, चुरोट १ काटुन, फ्रिज, खाने तेलको प्याकेट २ सय ६५ लिटर , चकलेट १० हजार बराबरको, मैदा २ बोरा, दाल १ बोरा, पेपरको बोरा लगायतका सामग्री जलेर नष्ट भएको ईश्वरपुर नगरपालिका वडा नं ९ बस्ने मधु जेनरल स्टोरका संचालक राम भरोश महतोले दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्: