Loktantra Khabar National Weekly
Ad

सय करोड क्लबमा करीना, कृति र तब्बूको फिल्म ‘क्रु’

लोकतन्त्र खबर
२६ चैत्र २०८०

बलिउड अभिनेत्री करीना कपूर खान, कृति सेनन र तब्बू अभिनीत फिल्म ‘क्रु’ सय करोड क्लबमा समावेश भएको छ।

भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार फिल्मले ९ दिनमा एक सय करोड भारु कमाएको हो। फिल्मले विश्वभरबाट १०४ करोड ८ लाख भारू कमाएको छ।

यो फिल्मले भारतीय बक्स अफिसमा मात्रै ५७ करोड भारूबढी कमाएको छ।

राजेश कृष्णननले निर्देशन गरिरहेको फिल्ममा एकता कपूर, दिग्विजय पुरोहित र रिया कपूरको लगानी छ। फिल्ममा करीना, कृति र तब्बूसँगै दिलजीत दोसाँझ, कपिल शर्मा, राजेश शर्मालगायत कलाकारको अभिनय छ।

फिल्ममा कोहिनूर एयरलाइन्समा काम गर्ने तीनजना एयर होस्टेसले सुन भेटेको कथालाई देखाइएको छ।

अनिल कपूर फिल्म एन्ड क्युनिकेशन नेटवर्क र बालाजी मोशन पिक्चर्स ब्यानरमा बनेको फिल्म २९ मार्चदेखि प्रदर्शन भइरहेको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: