
बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोखबहादुर महराले तीन जना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री महराले माओवादीबाट दिपेन्द्र पुन, एमालेबाट चेतनारायण आचार्य र जसपाबाट भण्डारीलाल अहिरलाई विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यलयमा अहिले मन्त्रीहरुलाई नियुक्तिपत्र दिने तयारी भइरहेको छ। लुम्बिनीमा चैत २३ गते महरा ५ दलका ४८ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्ति भएका थिए ।
मुख्यमन्त्री महरासहित मन्त्रीहरुले आजै शपथग्रहण गर्ने भएका छन् । रातोपाटी संवाददाता
प्रतिक्रिया दिनुहोस्: