Loktantra Khabar National Weekly
Ad

हुलाकी सडक निर्माणको काममा ढिलासुस्ती भएको विरोधमा मलंगवाका युवाहरुले गरे चक्काजाम ,नियमन निकायलाई माग सम्बोधन गर्न एकहप्ताको अल्टिमेटम ,माग सम्बोधन नभए आन्दोलन चर्काउने चेतावनी

लोकतन्त्र खबर
२५ चैत्र २०८०

मनोज यादव—
सर्लाही,चैत्र २५

सर्लाही सदरमुकाम मलंगवा नगरपालिकाका स्थानीय स्थानीयवासीले हुलाकी सडक निर्माणको काममा ढिलासुसी भएको भन्दै सो को विरोधमा आन्दोलनमा उत्रिएका छन्।

स्थानीयनासीहरुले शनिवार बिहान मलंगवा नगर भित्र पर्ने हुलाकी सडक अन्तर्गत वडा नम्बर-९ स्थित पुरानो दुरसंचार कार्यालयदेखि वडा नम्बर -८ स्थित नेपाल विद्युत प्राधिकरणसम्मको अधुरो सडक निर्माणको माग गर्दै टायर बालेर चक्काजाम गरेका हुन् ।

सरकारले हुलाकी सडकलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको छ।यसलाई तराईको लाइफलाइन पनि मानिएको छ।तर ठेकेदार कम्पनीको लापरबाही र ढिलासुस्तीले गर्दा सो सडक छेउ र आसपास बसोबास गर्ने स्थानीयबासीहरुलाई दिनहुँ विभिन्न किसिमका समस्याहरु झेल्नु परेको छ।

गाडीहरु गुड्दा उड्ने धुलोबाट सो क्षेत्रमा बसोबास गर्ने मानिसहरुमा स्वाँसप्रश्वाँसमा समस्या ,आँखामा समस्या लगायतकता स्वास्थ्य समस्याहरु उत्पन्न भएको स्थानीयहरुले गुनासो गरेका छन् ।

आधाअधुरो निर्माण भएर त्यतिकै अलपत्र छाडिएका सडक र नाला कारण दिनहुँजसो सानोठुलो दुर्घटनाहरु हुने गरेको उनिहरुले बताए।

हुलाकी सडक निर्माणको जिम्मेवारी पाएका ठेकेदार कम्पनी मात्र नभइ नगरपालिका र नियमन निकाय पनि यसप्रति गैरजिम्मेवार बनेका छन् ।

समयमै काम सम्पन्न नगरि आधाअधुरो छाड्ने त्यस्ता ठेकेदार कम्पनीलाई कार्यवाही नगरि मुकदर्शक बनेर बसेका यस्ता निकायहरुलाई घचघच्याउन र समयमा काम सम्पन्न गराउन दवाब स्वरुप नगरबासीहरु एकजुट भएर आन्दोलनमा उत्रिएको स्थानीय युवा सोहन झा ले बताए ।

आफुहरुको उठाएको माग एकहप्ता भित्र सम्बोधन नभएको खण्डमा यसभन्दा पनि चर्को आन्दोनमा उत्रिने आन्दोलित युवाहरुले चेतावनी दिएका छन्।

छिमेकी जिल्ला महोत्तरीको सिमाना शितलपुरदेखी रौतहटको सिमाना बागमती नदीसम्मको हुलाकी सडकको कुल लम्बाइ ४२ किलोमिटर छ।

जसमध्ये ४० किलोमिटर सडको निर्माण कार्य पूरा भइसकेको छ। तर बाँकी रहेको जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका अन्तर्गतको बजार क्षेत्रको २ किलोमिटर हुलाकी सडकको काममा भने ढिलासुस्ती भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्: