Loktantra Khabar National Weekly
Ad

रौतहटमा एक घरमा आगलागी, लाखौँको क्षति

लोकतन्त्र खबर
२३ चैत्र २०८०

रौतहट । रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिका ९ डुमरीया गाउँमा आज बिहान एक घरमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ।

स्थानीय शेख इशहाक मिया धुनियाको खपराको घरमा आगलागी भएको छ। खाना पकाउने क्रममा आज बिहान ८ बजेर ३० मिनेटमा ग्याँस लिक भएर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्।

आगलागी बाट अन्नपात, गरगहना र लत्ताकपडा गरी  छ लाख ५० हजार  बराबरको सरसामान पूर्ण रूपमा जली नष्ट भएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।,

स्थानीय र प्रहरीचौकी औरैयाको टोली मिलेर गौर बाट गएको दमकलको सहयोगमा  बिहान ९ बजेको समयमा आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। रातोपाटी संवाददाता

 

 

प्रतिक्रिया दिनुहोस्: