Loktantra Khabar National Weekly
Ad

रणवीर कपूरले किने ६ करोडको कार

लोकतन्त्र खबर
२३ चैत्र २०८०

बलिउड अभिनेता रणवीर कपूरले ६ करोड भारूको कार किनेका छन्। उनले बेन्टले कन्टिनेन्टल जिटी-भि ८ कार किनेका हुन्।

रणवीर यतिबेला आफ्नो नयाँ कारलाई लिएर चर्चामा छन्। उनले सडकमा आफ्नो नयाँ कार चलाइरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

उनले गतवर्ष रेन्ज रोवर कार किनेका थिए। एक वर्ष नबित्दै उनले नयाँ कार किनेका हुन्।

रणवीर पछिल्लो समय फिल्म ‘एनिमल’ मा देखिएका थिए। यो फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्नुको साथै रणवीरको पनि तारिफ भएको थियो।

उनी यतिबेला नितेश तिवारीको निर्देशनमा बन्ने फिल्म ‘रामायण’ मा व्यस्त छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: