Loktantra Khabar National Weekly
Ad

‘महाजात्रा’ को दुई साताको कमाइ १० करोड नाघ्यो

लोकतन्त्र खबर
२३ चैत्र २०८०

प्रदिप भट्टराईको लेखन एवं निर्देशन रहेको फिल्म ‘महाजात्रा’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ। चैत ९ गते रिलिज भएको फिल्मले उत्साहजनक व्यापार गर्दै शुक्रबारदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको हो।

देशभरका एकसय भन्दा बढी हलमा प्रदर्शनरत फिल्मले स्वदेशमा दुई सातामा १० करोड १४ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको रिपोर्ट निर्माण टिमले सार्वजनिक गरेको छ।

निर्माण कम्पनी षट्कोण आर्टसका अनुसार पहिलो साता ६ करोड २४ लाख ग्रस कलेक्सन गरेको फिल्मले पछिल्लो साता ३ करोड ९० लाख कमाइ गरेको हो। तेस्रो सातामा पनि फिल्मले राम्रो व्यापार गर्ने विश्वास लिइएको छ।

निर्माता म्याक्स दीपेश खत्रीले फिल्मले सम्पूर्ण परिवारलाई दर्शक बनाएर हलसम्म ल्याउन सफल भएको भन्दै खुशी व्यक्त गरे। ‘फिल्म हेर्न तीन पुस्ता नै हल आउनुभएको पाएँ। उहाँहरू आउँदा जति खुसी हुनुहुन्थ्यो, फर्किदा झनै खुसी देखिनुहुन्थ्यो। दर्शकलाई सन्तुष्ट पार्नु नै हाम्रो सफलता हो’, उनले भने। स्वदेशसँगै विदेशमा पनि फिल्मले राम्रो व्यवसाय गरिरहेको उनले बताए।

सोसल-कमेडी फिल्म ‘महाजात्रा’ मा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायत कलाकारको अभिनय छ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा यो फिल्म निर्माण गरेका हुन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: