Loktantra Khabar National Weekly
Ad

वृद्व महिलालाई हत्या गरेको आरोपित सार्वजनिक

लोकतन्त्र खबर
२२ चैत्र २०८०

राजिव साह—-
सर्लाही,चैत्र २२

एकजना वृद्व महिलाको निर्ममतापुर्वक हत्या गरेको आरोपमा सर्लाहीको बागमतीबाट पक्राउ परेका एक आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ।

सर्लाही बागमती नगरपालिका वडा नम्बर-४ जंगल टोल बस्ने बौधु महतोकी श्रीमती ७० वर्षीया पार्वती कुमारी महतो भन्ने पार्वती देवीको हत्यामा संलग्न रौतहटको बृन्दावन नगरपालिका वडा न-५ नरकटिया बस्ने बिक्रम चौधरीका छोरा बर्ष अन्दाजी ३९ का प्रमोद झा भन्ने प्रमोद चौधरीलाई बिहिवार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो।

प्रहरी प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठका अनुसार आरोपित प्रमोद झा भन्ने बिक्रम चौधरी कुलतमा लागेको र सोही कुलतका कारण मृतकको घरमा रहेको धान लुट्ने क्रममा हत्या गरेको हुनसक्ने जानकारी दिए।

निजले मृतकको टाउकोमा काठको मुढो प्रहार गरि हत्या गरेको डिएसपी श्रेष्ठले बताए ।

बागमती नगरपालिका वडा न-४ स्थित घिमिरे चौकमा रहेको किराना पसलमा जडान गरिएको सिसिटीभी फुटेजको आधारमा खोजतलास गर्दै जाँदा बुधबार बिहान बागमतीको नहर हुँदै रौतहट तर्फ भाग्दै गरेको अवस्थामा चौधरीलाई पक्राउ गरि सर्लाही जिल्ला अदालतबाट ५दिनको म्याद थप गरी थप अनुसन्धानको लागि जिप्रका सर्लाहीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: