Loktantra Khabar National Weekly
Ad

हिरोइन बिना २५ करोडको दक्षिण भारतीय फिल्मले कमायो २२५ करोड

लोकतन्त्र खबर
२२ चैत्र २०८०

मलयालम फिल्म ‘मन्जुम्मल ब्वाइज’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।

२२ फेब्रुअरीदेखि प्रदर्शन भइरहेको फिल्मलाई दर्शकका साथै समीक्षकहरूले पनि मनपराइरहेका छन्। भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार फिल्मले विश्वभरबाट २२६ करोड भारू कमाएको छ।

यो फिल्मको बजेट २५ करोड भारू बताइएको छ। हलमा सफलताका साथ प्रदर्शन भइरहेको फिल्म अब ओटिटीमा प्रदर्शन हुने भएको छ। ५ मेमा फिल्म डिज्नी प्लस हटस्टारमा प्रदर्शन हुनेछ।

यो फिल्म सत्य घटनामा आधारित छ। फिल्ममा मित्रताको कथा देखाइएको छ। यस फिल्ममा हिरोइन छैन।

चिन्दबरम एस पोदुवलले निर्देशन गरेको फिल्ममा शौबिन शाहिर, श्रीनाथ भासी, बालू वर्गीस, गणपति एस पोदुवल, लाल जूनियर, दीपक परम्बोल, अभिराम राधाकृष्णन, अरूण कुरियन, खालिद रहमान, चन्दु सलीमकुमार, विष्णु रेघुलगायत कलाकारको अभिनय छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: