Loktantra Khabar National Weekly
Ad

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

लोकतन्त्र खबर
२१ चैत्र २०८०

रसुवा । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नौकुण्ड गाउँपालिका-१ घर भएका २० वर्षीय लाक्पा घलेलाई प्रहरीले पक्राउ गरेको छ ।

घलले ती किशोरीलाई कालिका गाउँपालिका-२ घुम्ती बजारस्थित भाइ नाता पर्नेको कोठामा ललाई फकाई लगी सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।  रातोपाटी संवाददाता

 

प्रतिक्रिया दिनुहोस्: