Loktantra Khabar National Weekly
Ad

पर्सामा लगातार तीन बाघ मारिएको भन्दै अधिकारकर्मीको विरोध

लोकतन्त्र खबर
२१ चैत्र २०८०

काठमाडौँ । पछिल्लो ५ महिनामा पर्सा राष्ट्रिय निकुञ्जको खोरमै ३ वटा बाघको मृत्यु भएकोबारे अधिकारकर्मीहरूले विरोध जनाएका छन्। बाघ तथा सबै खालका पशुपक्षीकाे पक्षमा काम गरिरहेका संस्थाहरूले काठमाडौँ बालुवाटारस्थित डब्लूडब्लूएफकाे कार्यालयअगाडि मंगलबार शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।

कार्यक्रममा सहभागी पशु अधिकारकर्मी स्नेहा श्रेष्ठले पशुलाई मनोरञ्जन या अन्य प्रयोजनका नाममा थुन्ने काम सही नभएको बताइन्। त्यस्तै अभियन्ता कल्याण सिलवालले भने, ‘पशुलाई जे गर्दा पनि हुन्छ भन्ने सोच गलत हो। संसार सबैको साझा हो। मान्छेले मनोरञ्जन या अन्य नाममा पशुदाेहन या पशुहत्या गर्ने गरेका छन्, यसमा कमी आउनुपर्छ। निहत्था पशुमाथिको अन्याय रोकिनुपर्छ।’

यता, संरक्षणकै क्षेत्रमा लामो समय काम गर्दै आएकी सृष्टिसिंह श्रेष्ठले बनका हुन् या सडकका, सबै जनावरप्रति राज्यको जिम्मेवारी रहेकोमा जोड दिइन् । सो कार्यक्रममा चितवनको भरतपुर महानगरपालिकाले बाघलाई खोरमा थुनेर पर्यटकलाई ‘मनोरञ्जन’ दिन थालेकोबारे पनि विरोध भएको थियो । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: