Loktantra Khabar National Weekly
Ad

करीना, कृति र तब्बूको फिल्म ‘क्रु’ ले पाँच दिनमा कति कमायो?

लोकतन्त्र खबर
२१ चैत्र २०८०

बलिउड अभिनेत्री करीना कपूर खान, कृति सेनन र तब्बू अभिनीत फिल्म ‘क्रु’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।

भारतीय दैनिक जागरणका अनुसार फिल्मले पाँच दिनमा ३६ करोड ४६ लाख भारू कमाएको छ।

९ करोड २५ लाखमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ९ करोड ७५ लाख, तेस्रो दिन १० करोड चौथो दिन ४ करोड २० लाख र पाँचौं दिन २ करोड ७६ लाख भारू कमाएको हो।

राजेश कृष्णननले निर्देशन गरिरहेको फिल्ममा एकता कपूर, दिग्विजय पुरोहित र रिया कपूरको लगानी छ। फिल्ममा करीना, कृति र तब्बूसँगै दिलजीत दोसाँझ, कपिल शर्मा, राजेश शर्मालगायत कलाकारको अभिनय छ।

फिल्ममा कोहिनूर एयरलाइन्समा काम गर्ने तीनजना एयर होस्टेसले सुन भेटेको कथालाई देखाइएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: