Loktantra Khabar National Weekly
Ad

गुल्मीमा डुबेर दुई युवकको मृत्यु

लोकतन्त्र खबर
१८ चैत्र २०८०

गुल्मी ।  गुल्मीको बढीगाड खोलामा डुबेर दुई युवकको मृत्यु भएको छ । शनिबार डुबेर बेपत्ता भएका दुई युवकको शव आइतबार भेटिएको हो । शनिबार अपराह्न अन्दाजी ५ बजे मुसिकोट नगरपालिका ४ आरु पाटाका  २१ वर्षीय सन्दीप कुमाल खोलामा डुबेका थिए ।

सन्दीप माछा मार्नका लागि जाल खेल्ने क्रमका डुबेर बेपत्ता भएका थिए । उनको शव ग्वादीकाचौर नजिकै बढिगाड खोलामा जाल बेरिएको अवस्थामा फेला परेको हो ।

त्यस्तै आइतबार  दिउँसो  गुल्मी दरबार गाउँपालिका २ उपल्लाखर्कका १२  वर्षीय  प्रिन्स सारूको शव बढिगाड खोलाको सोता भन्ने स्थानमा फेला परेको जिल्ला प्रहरी  कार्यालय गुल्मीले जनाएको छ । सारू हिजो पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सूर्यमान चौधरीले एउटै खोलामा दुई जनाको डुबेर मृत्यु भएको पुष्टि गरे । रातोपाटी संवाददाता

 

प्रतिक्रिया दिनुहोस्: