Loktantra Khabar National Weekly
Ad

करीना, कृति र तब्बूको फिल्म ‘क्रु’ ले दुई दिनमा कति कमायो?

लोकतन्त्र खबर
१८ चैत्र २०८०

बलिउड अभिनेत्री करीना कपूर खान, कृति सेनन र तब्बू अभिनीत फिल्म ‘क्रु’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।

भारतीय दैनिक जागरणका अनुसार फिल्मले दुई दिनमा २२ करोड २८ लाख भारू कमाएको छ। १० करोड २८ लाखमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ११ करोड कमाएको हो।

राजेश कृष्णननले निर्देशन गरिरहेको फिल्ममा एकता कपूर, दिग्विजय पुरोहित र रिया कपूरको लगानी छ। फिल्ममा करीना, कृति र तब्बूसँगै दिलजीत दोसाँझ, कपिल शर्मा, राजेश शर्मालगायत कलाकारको अभिनय छ।

फिल्ममा कोहिनूर एयरलाइन्समा काम गर्ने तीनजना एयर होस्टेसले सुन भेटेको कथालाई देखाइएको छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: