अबचाहिं ओपन एआईले एउटा नयाँ टूलमा काम गरिरहेको छ । उक्त टूल तयार भएर प्रयोगमा आएसँगै त्यसले ठूलै हंगामा मच्चाउने पक्का छ ।
वास्तवमा ओपन एआईले भ्वाइस इन्जिनको विकास गर्दैछ । यो एउटा यस्तो टूल हो जसले मानिसको आवाज सुनेर तत्कालै त्यसको नक्कल गर्नेछ । यो टूल लञ्च भएसँगै यसले विवाद सिर्जना गर्नेमा दुईमत छैन । साथै यसले नियामकहरुको पनि कान ठाडो बनाइदिनेछ । किनकि यो ठूलो व्यापक रुपमा गलत प्रयोग हुनसक्ने जोखिम रहनेछ ।
के हो ओपन एआईको भ्वाइन इन्जिन टूल ?
ओपन एआईको भ्वाइस इन्जिन टूल एउटा एआई टूल हुनेछ जसले तपाईंको आवाज सुनेर १५ सेकेण्ड सम्ममा हुबहु कपी तयार गरिदिनेछ । अर्थात् यसले कुनैपनि आवाजलाई तत्कालै नक्कल गर्न सक्दछ ।
ओपन एआईले आफ्नो ब्लगमा यो टूलका बारेमा जानकारी दिएको छ । जस अनुसार भ्वाइस इन्जिन टूलले कुनैपनि अडियो सुनेर १५ सेकेण्डका दुरुस्तै अडियो क्लिप तयार गरिदिनेछ ।
यो टूूलले भावुक खालको तथा वास्तविक आवाजको अडियो तयार गर्न सक्दछ । रिपोर्ट अनुसार ओपन एआईले यो भ्वाइस इन्जिन टूललाई सन् २०२२ मै तयार गरेको थियो र च्याट जीपीटीको भ्वाइस कमान्ड तथा रील लाउडमा यसको प्रयोग भैरहेको छ । यद्यपि यसलाई छुट्टै भ्वाइस टूलको रुपमा लञ्च गर्ने विषयमा भने उनले निकै सावधानी अपनाइरहेको छ । किनकि यसको गलत प्रयाग हुने अत्यधिक सम्भावना छ । अनलाइन खबर