Loktantra Khabar National Weekly
Ad

अजय देवगनको फिल्म ‘शैतान’ ले अहिलेसम्म कति कमायो?

लोकतन्त्र खबर
१६ चैत्र २०८०

बलिउड अभिनेता अजय देवगन अभिनीत फिल्म ‘शैतान’ चौथो हप्तामा प्रवेश गरेको छ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले २१ दिनमा १३४ करोड १ लाख भारू कमाएको छ।

यो फिल्मको बजेट ६० करोड भारू रहेको बताइएको छ।

विकास बहलले निर्देशन गरेको फिल्ममा अजयसँगै आर माधवन, ज्योतिका, जनकी बोदिवाला, अंगद माहोलेलगायत कलाकारको अभिनय छ। यो विकास बहलको पहिलो हरर फिल्म हो।

अजय देवगन, ज्योति देशपान्डे, कुमार मन्गत पाठक र अभिषेक पाठक निर्माण रहेको फिल्ममा संंजिव जोशी, अमृत दलमिया सह-निर्माता छन्।

‘शैतान’ सन् २०२३ मा आएको गुजराती फिल्म ‘वाश’ को हिन्दी रिमेक हो। यस फिल्मलाई कृष्णदेव याग्निकले निर्देशन गरेका थिए। सेतोपाट

प्रतिक्रिया दिनुहोस्: