Loktantra Khabar National Weekly
Ad

अदिति र सिद्धार्थले गरे बिहे

लोकतन्त्र खबर
१५ चैत्र २०८०

बलिउड अभिनेत्री अदिति राव हैदरीले विवाह गरेकी छन्।

उनले अभिनेता सिद्धार्थसँग विवाह गरेकी हुन्। केही दिनदेखि उनीहरूले विवाह गरेको खबर बाहिरिएको थियो। तर उनीहरूले आधिकारिक जानकारी दिएका थिएनन्। हालै अदिति आफ्नो आगामी वेब सिरिज ‘हीरामन्डी द डायमन्ड बजार’ को कार्यक्रममा पुगेकी थिइन्। त्यहाँ उनले विवाहको खबर पुष्टी गरेकी हुन्।

भारतीय सञ्जार माध्यम दैनिक जागरणका अनुसार उनीहरूले तेलंगनाको वानापर्थी जिल्लाको श्रीरंगपुरमा रहेको रंगनायकस्वामी मन्दिरमा विवाह गरेको हुन्।

अदितिले २१ वर्षको उमेरमा वकिल तथा अभिनेता सत्यदीप मिश्रासँग विवाह गरेकी थिइन्। अहिले उनी ३७ वर्षकी भइन्। हाल उनीहरूको सम्बन्ध विच्छेद भइसक्यो। सम्बन्ध विच्छेदपछि उनीहरू एकअर्कालाई राम्रो साथी रहेको बताउँछन्। सत्यदीपले मसाबा गुप्तासँग दोस्रो विवाह गरिसकेका छन्।

अदितिले ‘पद्मावत, मर्डर ३, रकस्टार, बोस, भूमि, धोवी घाट’ लगायत फिल्ममा अभिनय गरेकी छन्।

अभिनेता सिद्धार्थले ‘रंग दे बसन्ती, गोलियोंकी राजलीलाः रामलीला, खलनायक, युवा, इन्डियन’ लगायत फिल्ममा अभिनय गरेका छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: