Loktantra Khabar National Weekly
Ad

बिक्कीको ‘कमेडी दरबार’ मा जोडिइन् गौरी मल्ल

लोकतन्त्र खबर
१४ चैत्र २०८०

कमेडियन बिक्की अगरवाल नयाँ टेलिभिजन कमेडी शोको तयारीमा छन्।

उनले ल्याउन लागेको शो ‘कमेडी दरबार’ मा कलाकारहरू अनुबन्ध गर्ने काम भइरहेको छ। यसैबीच शोमा अभिनेत्री गौरी मल्ल जोडिएकी छन्।

शोका निर्देशकहरू बिक्की अगरवाल र श्रद्धा प्रसाईंले अभिनेत्री मल्लसँग मंगलबार कागजी सम्झौता गरेका हुन्। कुन भूमिकामा अनुबन्धित गरियो भन्नेबारे भने खुलाइएको छैन। यसअघि अभिनेता विजय बरालसँगै कमेडियन हिमेश पन्त, पवन खतिवडा, सुन्दर खनाल र विकास अर्याल शोमा अनुबन्धित भइसकेका छन्।

अन्य केही कलाकार पनि फाइनल हुने चरणमा छन्। सबै कलाकारको भूमिका केही समयपछि खुलाइने बिक्कीले बताए।

श्रद्धाका अनुसार शोको यतिबेला सेट डिजाइनको काम भइरहेको छ।

‘कमेडी दरबार’ पारिवारिक कमेडी शो हुने र आइरहेका भन्दा फरक फर्माटमा ल्याइने बिक्कीले बताए। बिक्कीले यसअघि ‘आम्मा कसम याँ दुख्छ’ को होस्टसँगै ‘कमेडी क्लब विथ च्याम्पियन’ को निर्देशन पनि गरेका थिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: