Loktantra Khabar National Weekly
Ad

‘महाजात्रा’ले गर्‍यो बम्पर ओपनिङ, पहिलो दिनमै कमायो १ करोड २३ लाख

लोकतन्त्र खबर
१० चैत्र २०८०

प्रदीप भटराई निर्देशित फिल्म ‘महाजात्रा’ले बम्पर ओपनिङ गरेको छ।

यस फिल्मले पहिलो दिनमै देशभरिका हलबाट १ करोड २३ लाख ग्रस कलेक्सन गरेको हो।

निर्माण टिमले आधिकारिक फेसबुक पेजमार्फत पहिलो दिनको ग्रस कलेक्सन सार्वजनिक गर्दै दर्शकहरूलाई धन्यवाद दिएको छ।

‘प्रदर्शनको पहिलो दिन हाम्रो चलचित्र ‘महाजात्रा’ले १ करोड २३ लाख ग्रस कलेक्सन गर्न सफल भएको छ।

यो सबै दर्शकहरुको मायाले गर्दा भएको हो। सम्पूर्ण दर्शकप्रति हार्दिक आभार,’लेखिएको छ। आज पनि यस फिल्मलाई हलहरुले उच्च शो दिएका छन्।

प्रदीपकै लेखन रहेको यस फिल्ममा विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, हरिवंश आचार्य, दिव्य देव, शिशिर बाङ्देल, रवीन्द्र सिंह बानियाँ लगायतको अभिनय छ।

बानियाँ कार्यकारी निर्माता रहेको फिल्मको निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन्। यो हिट फिल्म जात्रा र जात्रैजात्राको तेसो सिक्वेल हो। नेपालखबर

प्रतिक्रिया दिनुहोस्: